बहराइनलाई १० विकेटले हराउँदै ओमान विश्वकपमा

काठमाडाैं | कात्तिक १७, २०८०

बहराइनलाई १० विकेटले हराउँदै ओमान विश्वकपमा

काठमाडौं:    ओमानले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको पहिलो सेमिफाइनल खेलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको छ । ओमानले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउनेछ ।


जितको लागि १ सय ७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले १४.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । ओमानको जितमा कश्याप प्रजापति ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रनमा नट आउट रहे । प्रतीक अथवले ४१ बलमा ४ चौका र १ छक्कासहित ४८ रनमा नट आउट रहे ।


त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । बहराइनका इमरान अलीले २३ बलमा ५ चौकासहित सर्वाधिक ३० रन बनाए । शरफराज अलीले २३ र अहमेर बिन निसारले २६ रन बनाए ।


ओमानका अकिब इल्यासले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर ४ विकेट लिए । सकिल अहमदले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । फयाज बट, बिलाल खान र जिशान मकसुदले एक एक विकेट लिए । ओमानले उपाधिको लागि नेपाल र युएईबीचको विजेतासँग आइतबार फाइनल खेल्नेछ ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्